मोरक्कोमा शक्तिशाली भूकम्प, ६ सय ३२ जनाको मृत्यु

हिमाल प्रेस २३ भदौ २०८० १५:३७
12
SHARES
मोरक्कोमा शक्तिशाली भूकम्प, ६ सय ३२ जनाको मृत्यु

मराकेस (मोरक्को)- मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर ६ सय ३२ जनाको मृत्यु भएको छ। पछिल्लो विवरणअनुसार ६ सय ३२ जनाको मृत्यु भएको र ३ सय २९ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर रहेको त्यहाँको गृह मन्त्रालयले बताएको छ। भुकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताइएको छ।
मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि भुकम्पले ठूलो क्षति गरेको बताइएको छ।

शुक्रबार राति ११:११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर बाहिर आएका थिए। अहिले पनि अधिकांश नागरिक घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।

शक्तिशाली भूकम्पपछि साना–साना पराकम्प जाने क्रम शनिबार पनि निरन्तर रहेको छ। शुक्रबारको भूकम्प मोरक्कोमा गएको भुकम्पमध्ये अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको समाचारमा उल्लेख गरेका छन्। भयानक भूकम्प भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन्। रासस/एपी

प्रकाशित: २३ भदौ २०८० १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =