बीपी प्रतिष्ठानको बसले ठक्कर दिएर कर्मचारीको मृत्यु

हिमाल प्रेस २३ भदौ २०८० ८:४४
6
SHARES
बीपी प्रतिष्ठानको बसले ठक्कर दिएर कर्मचारीको मृत्यु

इटहरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बसले ठक्कर दिएर प्रतिष्ठानकै कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका अनुसार धरानको जिरो पोइन्टस्थित स्टेडियम टर्निङमा बीपी प्रतिष्ठानको को १ क ११५९ नम्बरको बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी प्रभु चौधरी र अमरिता लिम्बू सवार प्रदेश १-०-०२-०५२ प १९५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करबाट स्कुटरमा सवार अमरिताको घटनास्थलमै मृत्यु भएको प्रतिष्ठानले पुष्टी गरेको छ।

चौधरी र लिम्बू श्रीमान् श्रीमती हुन्।

पर्सा जिल्ला भवानीपुर गाउँपालिका घर भएका उनीहरू प्रतिष्ठानमा सहयोगी र सरसफाइकर्मीका रूपमा कार्यरत रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =