बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामु उपकुलपतिमा कार्की नियुक्त

हिमाल प्रेस १७ असार २०८० १७:४१
6
SHARES
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामु उपकुलपतिमा कार्की नियुक्त

काठमाडौँ- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कायम मुकायम उपकुलपतिमा डा. प्रह्लाद कार्की नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कार्कीलाई नियुक्त गरेका हुन्।

यसअघि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि निमित्त उपकुलपतिको जिम्मेवारी प्रतिष्ठानकै शिक्षाध्यक्ष डा. सञ्जिव शर्मालाई दिइएको थियो।

नवनियुक्त कार्कीलाई अर्को व्यवस्था नभएसम्मको लागि आर्थिक प्रशासनिक क्षेत्रको पनि अधिकार दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =