तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात

हिमाल प्रेस १९ भदौ २०८० १६:२९
10
SHARES
तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात

काठमाडौँ- सरकारले तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात रहेको जनाएको छ। प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिसचिव मधुकुमार मरासिनीले सरकारसँग १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएका हुन्।

यस्तै डिजेल ८ दिन, पेट्रोल ५ दिन, हवाई इन्धन १५ दिन र खाना पकाउने एलपी ग्यास १५ दिनको माग धान्ने गरी मौज्दात रहने गरेको मरासिनीले बताए। साल्ट ट्रेडिङ कर्पोरेसनसँग १ लाख ३९ हजार ७९१ मेट्रिक टन आयोडिनयुक्त नुन र ५०० मेट्रिक टन चिनी मौज्दात रहेको उनको भनाइ छ।

सचिव मरासिनीले भने, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग भएको मौज्दात खाद्यान्नले तीन महिनाको माग धान्न सक्छ, नयाँ धान खरिद गर्ने प्रक्रिया पनि अगाडि बढिसकेको छ।’ मरासिनीले भारतबाट १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० क्विन्टल चिनीको आयात खुला गरिदिन आग्रह गरेको पनि बैठकलाई जानकारी गराए।

प्रकाशित: १९ भदौ २०८० १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eight =