कारागारबाट भागे कैदी

हिमाल प्रेस १७ भदौ २०८० १३:५८
14
SHARES
कारागारबाट भागे कैदी

बर्दिया– बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन्। कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट हामफाली भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए।

२०७१ मा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए। उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका थिए। रासस

प्रकाशित: १७ भदौ २०८० १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =