एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै

हिमाल प्रेस १६ भदौ २०८० ६:२७
8
SHARES
एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौँ- एसिया कपअन्तर्गत तेस्रो खेल आज (शनिबार) भारत र पाकिस्तानबीच हुँदैछ। श्रीलंकाको पल्लेकले अन्तर्राष्ट्रिय मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल हुनेछ।

भारत र पाकिस्तानबीचको क्रिकेट खेल बहुप्रतिस्ठाबो विषय बन्दै आएको छ। पाकिस्तान पछिल्लो समय एक दिवसीय क्रिकेटमा विश्वकै एक नम्बर टिम हो भने भारत टेस्ट तथा टी–२० क्रिकेटमा विश्वको एक नम्बर टिम हो। पाकिस्तानले भारतसँगको खेलका लागि आफ्नाे ११ सदस्यीय टिम शुक्रबार नै घोषणा गरिसकेको छ।

एसिया कप हालसम्म भारतले ७ पटक तथा पाकिस्तानले २ पटक जितेको छ। एसिया कपअन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो।

त्यस्तै दोस्रो खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको थियो। एसिया कपअन्तर्गतको अर्को खेल आइतबार अफगानिस्तान र बंगलादेश तथा सोमबार नेपाल र भारतबीच हुनेछ।

एसिया कप २०२३ : बाबर आजमलाई रोक्न सक्ने यी भारतीय बलर

प्रकाशित: १६ भदौ २०८० ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =