स्वास्थ्य सेवा विभागले माग्यो कमाण्डरसहित १० सुरक्षा गार्ड

हिमाल प्रेस १५ भदौ २०८० ८:१२
18
SHARES
स्वास्थ्य सेवा विभागले माग्यो कमाण्डरसहित १० सुरक्षा गार्ड

काठमाडौँ- स्वास्थ्य सेवा विभागले कमाण्डरसहित १० जना सुरक्षा गार्ड मागेको छ।

विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान भएको हो । त्यसका लागि इजाजतप्राप्त फर्म तथा संस्थाले रीतपूर्वक प्रस्ताव आह्वान गर्नेछन् ।

सूचनाअनुसार विभागको टेकु कार्यालयका लागि ७ र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना सुरक्षा गार्ड आवश्यक रहेको छ।

तत्काललाई एक वर्षको करार अवधि हुने र आवश्यकताअनुसार पछि थप गर्न सकिने सूचनामा उल्लेख छ।

प्रकाशित: १५ भदौ २०८० ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =