स्वास्थ्यकर्मीमाथि हातपात गरे ५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिबाना गर्ने सरकारको चेतावनी

हिमाल प्रेस १० असोज २०८० १८:१९ | Wednesday, September 27, 2023
स्वास्थ्यकर्मीमाथि हातपात गरे ५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिबाना गर्ने सरकारको चेतावनी चिकित्सकलाई हातपात गरिएको विरोधमा आन्दोलन गर्दै चिकित्सक। फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्यकर्मीमाथि हातपातका घटना बढ्दै गएपछि सरकारले कारबाही गर्ने चेतवानी दिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तथा स्वास्थ्य संस्थामा हानीनोक्सानी पुर्‍याउनेलाई कारबाही गर्ने चेतावनी दिएको हो।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले हस्ताक्षर गरेको विज्ञप्तिमा स्वास्थ्य संस्थामा अगाजनी गरे २ वर्षदेखि ५ वर्षसम्म कैद वा २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिबाना वा दुवै कारबाही गरिने उल्लेख गरिएको छ।

त्यस्तै स्वास्थ्य संस्था तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याए, स्वास्थ्य क्षेत्रका कर्मचारीलाई कूटपीट वा शारिरीक रूपमा चोट पुर्‍याए ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँ जरिबाना तथा दुवै सजाय गरिने मन्त्रालयको चेतावनी छ।

त्यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरे, उपचारका लागि आएका वा बिरामीको उपचारमा बाधा पुर्‍याएमा वा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई हातापात गरेमा १ वर्ष कैद वा १ लाख रुपैयाँ जरिबाना वा दुवै सजाय गरिने सरकारको चेतावनी छ।

उक्त कारबाही स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९) अनुसार गरिने विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य उपचार सेवा प्राप्त गर्नु नैसिर्गिक अधिकार भएकाले स्वास्थ्य संस्थाहरू निरन्तर सञ्चालन गर्न पनि सरकारले अनुरोध गरेको छ।

यसअघि हेटौँडा, कञ्चनपुर, पोखरालगायत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि बिरामीको आफन्तले हातपात गरेका थिए।

सेतो कोटलाई रक्ताम्य नबनाउन चिकित्सकको खबरदारी [फोटो फिचर]

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

चिकित्सा शिक्षा ऐन परिमार्जनको माग राख्दै काठमाडौँमा स्वास्थ्यकर्मीहरूको प्रदर्शन

प्रकाशित: १० असोज २०८० १८:१९ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast