सेतो कोटलाई रक्ताम्य नबनाउन चिकित्सकको खबरदारी [फोटो फिचर]

विजय नेपाल १० असोज २०८० १३:३०
6
SHARES
सेतो कोटलाई रक्ताम्य नबनाउन चिकित्सकको खबरदारी [फोटो फिचर]

पोखरा- चिकित्सकमाथि कुटपिटको विरोधमा पोखराका चिकित्सकले बुधबार पनि आन्दोलन जारी राखेका छन्। इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेर डाक्टरहरू ड्रेसमै सडक आन्दोलनमा उत्रिएका हुन्।

पोखराको चिप्लेढुंगाबाट सुरु भएको विरोध प्रदर्शन न्युरोड, सभागृहचोक, सिर्जनाचोक हुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय कार्यालय अगाडि पुगेर धर्नामा परिणत भएको छ। उनीहरुले डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर, शान्तिसुरक्षा कायम गर लगायतका नाराबाजी गरेका छन्।

मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर बुधबार पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक संघ गण्डकीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्न आह्वान गरेकामा त्यसमा नेपाल चिकित्सक संघले ऐक्यबद्धता जनाएको थियो।

गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको निर्देशक भरत खत्रीले जानकारी दिए।

प्रकाशित: १० असोज २०८० १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 19 =