सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

हिमाल प्रेस २९ भदौ २०८० १३:५५ | Friday, September 15, 2023
सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन प्रस्तावित न्यायाधीश विनोद शर्मा

काठमाडौँ– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम अनुमोदन गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको बैठकले शर्मालाई बोलाएर सुनुवाइ गरेपछि सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो।

यसअघि शर्माविरुद्ध उजुरी गर्न १० दिनको सार्वजनिक सूचना जारी गरे पनि उनीविरुद्ध कुनै उजुरी प्राप्त नभएपछि समितिले सीधै सुनुवाइ गरेको थियो। समिति सभापति पशुपतिशमशेर राणाले न्याय परिषद्को पत्रअनुसार शर्मालाई सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमा सिफारिस गरेबमोजिम संसदीय सुनुवाइ गरेर शर्माको नाम सर्वसम्मतले अनुमोदन गरिएको जानकारी दिएका हुन्।

त्यसअघि सुनवाइका क्रममा प्रस्तावित न्यायाधीश शर्माले न्यायालयमा हुने ढिलासुस्ती कम गर्ने, प्रभावकारी कानुनी उपचारको व्यवस्थामा आफ्नो ध्यान केन्द्रित हुने बताएका थिए। शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मसात् गर्दै आफूले कार्यसम्पादन गर्ने समेत उनले बताए। न्यायालयप्रति जनताको विश्वास कायम गर्न पनि प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता शर्माको छ।

न्याय परिषद्को गत भदौ १० गते बसेको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।

प्रकाशित: २९ भदौ २०८० १३:५५ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast