वहिदा रहमानलाई ‘दादा साहेब फाल्के’ अवार्ड

हिमाल प्रेस ९ असोज २०८० १४:०५ | Tuesday, September 26, 2023
वहिदा रहमानलाई ‘दादा साहेब फाल्के’ अवार्ड

काठमाडौँ- जमानाकी भारतीय अभिनेत्री वहिदा रहमानले भारतको प्रतिष्ठित अवार्ड पाउने भएकी छन्। उनले ‘दादा साहेब फाल्के लाइफटाइम अचिभमेन्ट अवार्ड’ पाउने घोषणा भारतका केन्द्रीय सूचना एवं प्रसारण मन्त्री अनुराग ठाकुरले गरेका छन्।

सामाजिक सञ्जालमा घोषणा गर्दै मन्त्री ठाकुरले लेखेका छन्, ‘भारतीय सिनेमामा उत्कृष्ट योगदानका लागि अभिनेत्री वहिदा रहमानलाई यस वर्षको प्रतिष्ठित दादा साहेब फाल्के लाइफटाइम अचिभमेन्ट पुरस्कारबाट सम्मानित गर्ने जानकारी गराउँदा म हर्षित छु।’

वहिदा रहमानले ‘प्यासा’, ‘कागज के फूल’, ‘चौदहव का चाँद’, ‘साहेब बीवी और गुलाम’, ‘गाइड’, ‘खामोशी’लगायत थुप्रै हिट फिल्ममा काम गरेकी छन्।

पाँच दशकभन्दा बढी फिल्मी करियरमा अभिनेत्रीले विभिन्न भूमिकामा अभिनय गरेकी छन्। ती चरित्रलाई उनले इमानदारीले निर्वाह गरेकी छन्। फिल्म समीक्षकले समेत उनको अभिनयको प्रशंसा गर्दै आएका छन्। फिल्म ‘रेशमा और ‘शेरा’ का लागि उनले भारतको राष्ट्रिय फिल्म पुरस्कार जितेकी छन्। त्यस्तै उनी पद्मभूषण र पद्मश्रीबाट पनि सम्मानित भएकी छन्।

प्रकाशित: ९ असोज २०८० १४:०५ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast