मोरक्को : भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

हिमाल प्रेस २४ भदौ २०८० ७:१५ | Sunday, September 10, 2023
मोरक्को : भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

मोरक्को- मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ३७ पुगेको मोरक्कोको गृह मन्त्रालयले जानकारी गराएको छ।

भूकम्पमा परी १ हजार २ सय ४ जना घाइतेको विवरण संकलन गरिएको छ। घाइतेको संख्या बढ्ने सक्ने मन्त्रालयले बताएको छ। मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

भुकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २४ भदौ २०८० ७:१५ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast