बंगलादेशका शिक्षार्थीले गरे सैनिक कलेजको अवलोकन

हिमाल प्रेस ३१ भदौ २०८० २१:१३ | Sunday, September 17, 2023
बंगलादेशका शिक्षार्थीले गरे सैनिक कलेजको अवलोकन

काठमाडौँ– बंगलादेशको मिरपुरस्थित डिफेन्स सर्भिसेज कमान्ड एण्ड स्टाफ कलेजका शिक्षार्थीहरूले शिवपुरस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको आइतबार अवलोकन गरेका छन्। सिनियर प्रशिक्षक कर्णेल मोहम्मद जहिद हुसैनको नेतृत्वमा आएको ३२ सदस्यीय टोलीले कलेजको भ्रमण गरेको हो।

उनीहरू शनिबार सातदिने अध्ययन भ्रमणमा नेपाल आएका हुन्। उनीहरूले काठमाडौँ उपत्यका र पोखराको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ।

विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित यस किसिमको तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्नू मुलुकहरूको भ्रमण गर्ने प्रचलन रहेको सेनाको भनाइ छ।

प्रकाशित: ३१ भदौ २०८० २१:१३ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast