दीपक, दीपा र निर्मलको फिल्म हल सञ्चालनमा

हिमाल प्रेस २९ भदौ २०८० १३:०९ | Friday, September 15, 2023
दीपक, दीपा र निर्मलको फिल्म हल सञ्चालनमा

काठमाडौँ- कलाकार तथा निर्माता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला र निर्मल शर्माको संयुक्त निर्माणमा बनेको आइएनआई सिनेमाअन्तर्गत नयाँ हल आजदेखि सञ्चालन गरिएको छ।

निर्माण टिमले पत्रकार सम्मेलन गर्दै नयाँ बानेश्वरमा आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टरमा हल सञ्चालन गरेका हुन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अभिनेता हरिवंश आचार्यले उक्त मल्टिप्लेक्स हलको उद्घाटन गरे।

नयाँ हलमा आजदेखि प्रदर्शन भएका दुई नेपाली फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) र ‘नाङ्गो गाउँ’ प्रदर्शन गरिएको छ। त्यस्तै भदौ २२ देखि प्रदर्शनरत बलिउड फिल्म ‘जवान’ र हलिउड फिल्म ‘द नन् २’ पनि प्रदर्शनरत छन्।

दुईवटा स्क्रिन रहेको हलमा १ सय ७७ र २ सय १० सिट गरी जम्मा तीन सय ८७ सिट छन्। हल करिब १० करोड लगानीमा बनेको निर्माण टिमले जनाएको छ।

आईएनआई सिनेमाअन्तर्गत गोंगबु नयाँ बसपार्कमा लोत्से मल र रुपन्देहीको भैरहवामा आईएनआई क्युबक्स सञ्चालनमा छन्।

प्रकाशित: २९ भदौ २०८० १३:०९ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast