ट्रेलरमा ‘वानर सेना’

हिमाल प्रेस ३ असोज २०८० १३:५४ | Wednesday, September 20, 2023
ट्रेलरमा ‘वानर सेना’

काडमाडौँ- फिल्म ‘वानर सेना’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा सम्बन्धमा आउने उत्तारचढावलाई देखाइएको छ।

पौराणिक कथामा आधारित फिल्म अर्पण गिरी (अर्मान जंग)ले निर्देशन गरेका हुन्। फिल्म असोज १९ गते प्रदर्शन हुनेछ।

निर्देशक गिरीसहित फिल्ममा किशोर खतिवडा, सुरवीर पण्डित, आरजु प्रसाईं, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, ज्ञानेन्द्र थापा, विशाल बराल, अमित पौडेललगायत कलाकारको अभिनय छ।

फिल्ममा निर्देशक गिरीकै कथा, पटकथा, संवाद र गीत छ। गिरी ग्राण्ड फिल्म्स्को प्रस्तुती रहेको फिल्म गिरी ग्रेन्ड फिल्म प्रा।लिको ब्यानरमा नै निर्माण भएको छ।

फिल्म विनोद सापकोटाको छायांकन, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, नारायण रिजालको कोरियोग्राफी, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीतमा बनेको छ। फिल्ममा युवराज गिरीले लगानी गरेका छन्।

 

प्रकाशित: ३ असोज २०८० १३:५४ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast