गैह्रीगाउँ सामूहिक हत्याकाण्ड : सीसीटीभीमा देखिएका व्यक्ति पनि पक्राउ

हिमाल प्रेस ३१ भदौ २०८० १५:१८ | Sunday, September 17, 2023
गैह्रीगाउँ सामूहिक हत्याकाण्ड : सीसीटीभीमा देखिएका व्यक्ति पनि पक्राउ

काठमाडौँ- काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि दिपेन्द्र राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

आइतबार थप एकजना शंकास्पदलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका आरोपितको विवरण प्रहरीले सार्वजनिक गरेको छैन। यी व्यक्ति कोटेश्वर हुँदै पेप्सिकोलातर्फ गएको सीसीटीभीमा देखिएको छ। झोला बोकेर पेप्सिकोलास्थित खहरेसम्म उनी पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ।

गत शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य स-मिलमा सुरक्षा गार्ड रहेका कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो। हत्या हुनेमा सुरक्षागार्ड कुमारकी पत्नि अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राई छन्। उनीहरूको टाउको र शरिरका विभिन्न घागमा धारिलो हतियारको चोट देखिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ।

प्रकाशित: ३१ भदौ २०८० १५:१८ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast