कर्णालीको करिब ८९ प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँचमा

हिमाल प्रेस ३ असोज २०८० २१:५३ | Wednesday, September 20, 2023
कर्णालीको करिब ८९ प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँचमा सांकेतिक तस्बिर।

जाजरकोट- भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा ८८.६ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको तथ्यांकअनुसार कर्णालीको ३ लाख ६६ हजार ३७ परिवारमध्ये ३५.६ प्रतिशत परिवारलाई बाहिर धारा जडान गरी घर परिसरभित्र पानी उपलब्ध हुँदै आएको हो।

त्यस्तै ४४.४ जनसंख्यालाई पाइपबाट घर परिसर बाहिर धाराको पानी उपलब्ध छ। ४ प्रतिशत परिवारले ट्युबवेलको पानी पिउने गरेको तथ्यांक छ। त्यस्तै २.१ प्रतिशत नागरिकले टाँकिएको इनारबाट र ०.१ प्रतिशतले जारको पानी प्रयोग गर्छन।

त्यस्तै खुला इनार र कुवाको पानी प्रयोग गर्ने घरधुरी संख्या २.५ प्रतिशत रहेको छ। त्यस्तै २.१ प्रतिशत जनसंख्याले खोलाको पानी प्रयोग गरिरहेको योजना महाशाखाका सीडीई गोपाल शर्माले जानकारी दिए।

सन् २०१९ को तथ्यांकअनुसार कर्णालीमा ३.५ प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ।

प्रकाशित: ३ असोज २०८० २१:५३ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast