पाल्पामा जिप दुर्घटना : प्रहरी सहायक हवल्दार यमबहादुरसहित तीन जनाको मृत्यु

हिमाल प्रेस १३ भदौ २०८० १२:१६
3.2k
SHARES
पाल्पामा जिप दुर्घटना : प्रहरी सहायक हवल्दार यमबहादुरसहित तीन जनाको मृत्यु

लुम्बिनी- पाल्पाको जोर्तेमा गुडिरहेको जिप (स्करपियो)माथि पहिरो खस्दा मृत्यु भएकाहरूको पहिचान भएको छ। मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा, गुल्मीका मनकला चुदारा र पोखराका विनोद तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्करपियो जिपलाई पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेको उकालोमा सुख्खा पहिरोसहित खसेको ढुंगाले च्यापेको थियो।

जिपमै सवार ८ जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको र उपचार जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ भदौ २०८० १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =