ब्रिक्समा थपिए ६ देश

हिमाल प्रेस ७ भदौ २०८० २०:०३
6
SHARES
ब्रिक्समा थपिए ६ देश दक्षिण अफ्रिकामा आयोजिता ब्रिक्स बिजनेस सम्मेलनमा उपस्थित देशका प्रतिनिधि। तस्बिर : सिन्ह्वा

जोहानेसबर्ग- ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान राष्ट्रको संगठन ब्रिक्समा ६ सदस्य थपिएका छन्। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार नयाँ सदस्य थपिएको घोषणा गरेका हुन्।

नयाँ सदस्यता आगामी २०२४ जनवरी १ देखि लागू हुनेछ। ‘हामीले गणतन्त्र अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, संघीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्सलाई ब्रिक्सको पूर्णसदस्य बन्न आमन्त्रित गर्ने निर्णय गरेका छौँ,’ राष्ट्रपति रामाफोसाले भने।

ब्रिक्स र बिहीबार आयोजित ब्रिक्स सम्मेलनमा उपस्थित सबै मित्र राष्ट्रहरूले बहुध्रुवीय विश्वलाई बलियो बनाउन योगदान दिन सक्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए।

प्रधानमन्त्री मोदीले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) का नेता तथा जनतालाई ब्रिक्सको पूर्ण सदस्यताका लागि बधाई दिँदै संगठन विस्तारमा भारतले सधैं समर्थन गरेको बताए। रासस/एएफपी

प्रकाशित: ७ भदौ २०८० २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =