‘चन्द्रयान-३’ चन्द्रमामा अवतरण गरेकोमा प्रधानमन्त्रीले भारतलाई दिए बधाई

हिमाल प्रेस ६ भदौ २०८० १९:५३
14
SHARES
‘चन्द्रयान-३’ चन्द्रमामा अवतरण गरेकोमा प्रधानमन्त्रीले भारतलाई दिए बधाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘चन्द्रयान-३’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेकोमा भारतलाई बधाई दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत् समकक्षी नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनालाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन्।

उनले लेखेका छन्, ‘मित्रराष्ट्र भारतले ‘चन्द्रयान–३’ नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित छु। मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ।’ प्रधानमन्त्री प्रचण्डले यसलाई ऐतिहासिक कार्य भनेका छन्।

भारतले प्रक्षेपण गरेको चन्द्रयान-३ चन्द्रमामा सफल अवतरण गरेको छ। गत जुलाई १३ मा प्रक्षेपण गरिएको चन्द्रयान-३ स्थानीय समयअनुसार बुधबार ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा अवतरण गरेको हो।

चन्द्रयान-३ को सफल अवतरण, भारत बन्यो चन्द्रमामा पुग्ने चौथो देश


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fourteen =