राजनीतिक पूर्वाग्रहका कारण संघीयतालाई कमजोर पार्‍यो : मन्त्री मोदी

हिमाल प्रेस २३ साउन २०८० १२:४०
2
SHARE
राजनीतिक पूर्वाग्रहका कारण संघीयतालाई कमजोर पार्‍यो : मन्त्री मोदी फाइल तस्बिर।

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयता कार्यान्वयनका क्रममा प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री मोदीले संघीय निजामती ऐन अघि बढाउने काम अन्तिम चरणमा पुगेको भन्दै ऐनले संघीयता कार्यान्वयनका क्रममा प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने बताए।

उनले प्रशासनिक संघीयता कार्यान्वयनको विषयलाई प्राथमिकतामा राखेको उल्लेख गरे। राजनीतिक पूर्वाग्रहका कारण संघीयतालाई कमजोर पार्ने खेल भइरहेको भन्दै मन्त्री मोदीले सानातिना समस्याले संघीयतालाई कमजोर बनाउन नसक्ने स्पष्ट पारे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =