कर्मचारी विवरण पठाउन सामान्य प्रशासन मन्त्रालयको अनुरोध

हिमाल प्रेस ११ पुष २०८० १०:२१
874
SHARES
कर्मचारी विवरण पठाउन सामान्य प्रशासन मन्त्रालयको अनुरोध

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय तथा प्रादेशीक कर्मचारी प्रशासन शाखा सिंहदरबारले कर्मचारी विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

मन्त्रालय, आयोग र सचिवालयलाई गत बिहीबार एक पत्र पठाउँदै शाखाले कर्मचारीको विवरण माग गरेको हो।

कर्मचारी प्रशासन महाशाखा प्रमुख र कर्मचारी प्रशासन शाखा प्रमुखको विवरण मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा र सफ्ट कपी केन्द्रको इमेल ठेगानामा उपलब्ध गराइदिन मन्त्रालयले अनुरोध गरेको छ।

विवरण पठाउँदा कुन मन्त्रालय, सचिवालय, आयोग, कार्यालयको नाम, कर्मचारी पदसमेत उल्लेख गर्नुपर्ने छ।

त्यसैगरी महाशाखाले सबै मन्त्रालय, सचिवालय र आयोगलाई रिक्त दरबन्दी विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =