सय किलो सुन प्रकरण : एसपी थापाको संयोजकत्वमा सीआईबीले बनायो अनुसन्धान टिम

हिमाल प्रेस २२ साउन २०८० १५:३३
288
SHARES
सय किलो सुन प्रकरण : एसपी थापाको संयोजकत्वमा सीआईबीले बनायो अनुसन्धान टिम

काठमाडौँ- सय किलो सुन प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एसपी सञ्जयसिंह थापाको नेतृत्वको टिम खटाएको छ। राजस्व अनुसन्धान विभागले आइतबार सुन प्रकरणको बाँकी अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिएसँगै सीआईबीले थापाको नेतृत्वमा टिम तयार पारेको हो।

गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार पास गरेर ट्याक्सीमा लोड गरेको अवस्थामा सय किलो सुन भन्सार विभागले बरामद गरेको थियो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार थापा नेतृत्वको टोलीले काम सुरु गरिसकेको बताए।

सय किलो सुन प्रकरणमा १८ जना पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरू सीआईबीकै हिरासतमा छन्। यसअघि राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको थियो।

प्रकाशित: २२ साउन २०८० १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =