हुण्डाईको एक्सचेन्ज अफर

हिमाल प्रेस १८ साउन २०८० १८:०८
8
SHARES
हुण्डाईको एक्सचेन्ज अफर

काठमाडौँ– नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘विल अफ चेन्ज’ नामक एक्सचेञ्ज अफर ल्याएको छ।

योजनाअनुसार जुनसुकै ब्राण्डको गाडीसँग हुण्डाईको गाडी साटफेर गर्न सकिने छ। हुण्डाईका सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ।
हुण्डाई नेपालअन्तर्गतको ‘हुण्डाई प्रमिस’को सहकार्यमा पाँच कार एक्सचेञ्ज विक्रेतासँगको साझेदारीमा ल्याइएको हो। जसअन्तर्गत काठमाडौँ अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रालि, आरके अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ अटोमोबाइल इन्टरप्राइजेज् रहेका छन्।

साउन १८ गतेबाट सुरु भएको योजनामा ग्राहकले पाँच लाखसम्म नगद छुट, १ लाख ५० हजरसम्म एक्सचेञ्ज बोनस र २५ हजारसम्मको एसिसरिज पनि प्राप्त गर्न सक्नेछन्।
एक्सचेञ्ज पार्टनर र हुण्डाई सोरुममा गएर ‘टेस्ट ड्राइभ’ गर्दा आकर्षक उपहार पनि जित्न सकिने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: १८ साउन २०८० १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =