हुण्डाईको विद्युतीय गाडीमा अफर

हिमाल प्रेस १ फागुन २०७९ १६:००
2
SHARE
हुण्डाईको विद्युतीय गाडीमा अफर

काठमाडौँ- नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल कम्पनीले विद्युतीय गाडी खरिदमा उपहार अफर ल्याएको छ। कम्पनीका कोना र आयोनिक ५ गाडी खरिदमा उपहार अफर ल्याएको हो।

‘वन मोर रिजन टु गो इलेक्ट्रिक’ नारासहित ल्याइएको योजनाअन्तर्गत ग्राहकले हुण्डाईका कोना र आयोनिक ५ खरिदमा जर्मन ब्राण्ड बोसको वासिङ मेसिन उपहार पाउने कम्पनीले जानकारी दिएको छ।

विद्युतीय गाडीको प्रयोग बढाउने र आफ्ना उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले योजना ल्याइएको कम्पनीले बताएको छ। नेपालमा विद्युतीय गाडीको क्षेत्रमा हुण्डाई कोना र आयोनिक ५ अग्रपंक्तिमा पर्ने कम्पनीको दाबी छ।

साथै विद्युतीय सवारीको प्रयोग बढाउने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टल कम्पनीले चार्जिङ स्टेसन निर्माण गरिरहेको पनि बताएको छ। कम्पनीले देशभर १७ डिलर र १९ वटा सर्भिस सेन्टरबाट सेवा दिँदै आएको छ।

प्रकाशित: १ फागुन २०७९ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =