सारुकको अन्तिम चलचित्रका दृश्यहरू समेटेर म्युजिक भिडियो बन्ने

हिमाल प्रेस ५ भदौ २०८० १९:२१ | Tuesday, August 22, 2023
सारुकको अन्तिम चलचित्रका दृश्यहरू समेटेर म्युजिक भिडियो बन्ने

काठमाडौँ- दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ का केही दृश्यलाई समेटेर सांगीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बन्ने भएको छ। निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गरेका दृश्यलाई समेटेर श्रद्धाञ्जली दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिए।

‘अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि नै गर्नुभएको मेहनतलाई सानै रूपमा भए पनि उहाँका प्रशंसकमाझ ल्याउँदैछौँ। यसमा उहाँको आवरण (लुक्स) सँगै पर्दा पछाडिका कामलाई पनि देखाएका छौँ,’ उनले भने। निर्देशक गुरुङले चलचित्रकै लागि तय गरिएको गीतमा अभिनेता ताम्राकारको दृश्यलाई जोडिएको बताए।

अभिनेता ताम्राकारले बर्दियाको छायांकन तालिका पूरा गरेर काठमाडौँको सुरुआत गरेका थिए। प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सारुकलाई श्रद्धाञ्जली (ट्रिब्युट टु सारुक) कार्यक्रममा चलचित्रको निर्माण समूहसँगै अभिनेता ताम्राकारका नजिकको साथीहरूको उपस्थितिमा हुने जानकारी दिए। बर्दियाको छायांकन तालिका सकिएसँगै काठमाडौँमा छायांकनकै क्रममा अभिनेता ताम्राकारले गत असार २१ गते आत्महत्या गरेका थिए।

चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका ताम्राकारको निर्देशक बन्ने योजना थियो। रासस

प्रकाशित: ५ भदौ २०८० १९:२१ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast