सरकारबाट सीआईबीको नांगो दुरुपयोग : सूर्य थापा

हिमाल प्रेस २७ साउन २०८० ११:११ | Saturday, August 12, 2023
सरकारबाट सीआईबीको नांगो दुरुपयोग : सूर्य थापा

काठमाडौँ-  नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले सरकारले केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)को नांगो दुरुपयोग गरेको आरोप लगाएका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारविरुद्ध बोल्नेहरूको मुख थुन्न सीआईबीको दुरुपयोग भएको उल्लेख गर्दै सरकारी ज्यादती अदालतको आदेशबाट समेत पुष्टि भएको उल्लेख गरेका छन्।

उनले गृहमन्त्री र अर्थमन्त्रीले एक क्विन्टल सुन तस्करीको संरक्षण गरेको हुँदा अविलम्ब राजीनामा दिनुपर्ने माग संसदमा गुञ्जायमान पारेका सत्तापक्षका सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको कथित प्रपञ्च तयार गरी गिरफ्तार गरेको सीआईबीले गृहमन्त्रीको आदेश र आग्रहमा यो ज्यादती गरेको अदालतको आदेशबाट पुष्टि भएको बताए।

प्रकाशित: २७ साउन २०८० ११:११ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast