सप्तकोशीमा पानीको बहाव यस बर्खाकै उच्च, बल्यो रातो बत्ती

हिमाल प्रेस २९ साउन २०८० ६:५२ | Monday, August 14, 2023
सप्तकोशीमा पानीको बहाव यस बर्खाकै उच्च, बल्यो रातो बत्ती

काठमाडौँ- अविरल वर्षासँगै सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ ।

सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको हो ।

पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्। यसैगरी कोशी नदीमा क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती बालिएको छ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।

 

प्रकाशित: २९ साउन २०८० ६:५२ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast