धनराज गुरुङ 
                                            काठमाडौँ- कानुन मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ अस्पताल भर्ना भएका छन्। अस्वस्थ भएपछि उनी बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।
स्वास्थ्यमा समस्या आएपछि अन्नपूर्ण न्यूरो अस्पताल पुगेका गुरुङलाई उक्त अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको हो। ब्लड प्रेसर घटेर कमजोर महसुस भएपछि उनी अस्पताल गएका थिए। अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक रत्नमणि गजुरेलले बताए।
                            प्रकाशित: २५ साउन  २०८० १५:०५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

