फिल्म ‘जुलेबी’को गीत सार्वजनिक

हिमाल प्रेस २५ साउन २०८० १७:२० | Thursday, August 10, 2023
फिल्म ‘जुलेबी’को गीत सार्वजनिक

काठमाडौँ- फिल्म ‘जुलेबी’को ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले आज (बिहिबार) काठमाडौँमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरेका हुन्। गीतमा केतन क्षेत्रीको स्वर छ। केतन र कोसिस क्षेत्रीको शब्द र संगीत छ।

गीतको भिडियोले फिल्मको कथा बोलेको छ। फिल्मका मुख्य कलाकार गीतमा देख्न सकिन्छ। चार महिलापात्रको जीवनमा आधारित फिल्मले यौन मनोविज्ञानको कथा भन्छ। फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, रोशन सुवेदीलगायत कलाकारले अभिनय गरेका छन्।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विवेक खड्काको छायांकन र अजय खड्काको सम्पादन छ। आभा शर्माले निर्माण गरेको फिल्म फोरक्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको छ।

प्रकाशित: २५ साउन २०८० १७:२० | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast