प्रतिपक्षी एमाले र राप्रपाको बहिष्कारपछि कोशी प्रदेशसभा प्रभावित

हिमाल प्रेस ६ भदौ २०८० १५:१८ | Wednesday, August 23, 2023
प्रतिपक्षी एमाले र राप्रपाको बहिष्कारपछि कोशी प्रदेशसभा प्रभावित कोशी प्रदेशसभाको बैठक। फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरूले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक प्रभावित भएको छ। बुधबार बसेको बैठक सुरु हुने बित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बहिष्कार गरेका हुन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरूले विरोध गरेका हुन्। मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले पनि थापाको पक्षमा मत दिएका थिए।

एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित गरेका छन्।

प्रकाशित: ६ भदौ २०८० १५:१८ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast