नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग

हिमाल प्रेस २२ साउन २०८० १३:५५ | Monday, August 7, 2023
नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले विधानविपरीत काम गर्न संघकी अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग गरेका छन्। संघको केन्द्रीय समितिले सोमबार अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गरी संघको वर्तमान अध्यक्षले विधानविपरीत १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई बर्खास्त गरेको भन्दै विरोध जनाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै संघको केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रीता शाहीले संघको विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुःखद भएको बताइन्। ‘पार्टीलाई एक ढिक्का बनाएर स‌ंगठन सुदृढीकरण अभियान सञ्चालन भइरहेका बेला पार्टीभित्र विग्रह निम्त्याउन खोज्ने वर्तमान अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्छ,’ उनले भनिन्।

महिला संघकी अध्यक्ष उषा राउत मिश्रले सोलुखुम्बु अध्यक्ष छिल्हामु शेर्पा, बारा अध्यक्ष सीता मैनाली, पर्सा अध्यक्ष विद्या श्रेष्ठ, सिरहा विमला निरौला, ताप्लेजुङ अध्यक्ष मीना गुरुङ, इलाम अध्यक्ष निर्मला सन्जेल, महोत्तरी अध्यक्ष विना तिवारी, रौतहट अध्यक्ष भुवनी गिरी, कास्की अध्यक्ष कोपिला रानाभाट, झापा सभापति सुशीला ढकाल र हुम्ला सभापति विजया बुढालाई हटाएकी छन्।

महिला संघकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले विधानविपरीत हटाइएका जिल्ला अध्यक्षलाई पुनर्बहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने बताइन्। ‘अध्यक्षज्यूलाई सच्चिने मौका दिएका छौँ, नसच्चिए सबै जिल्लामा समानान्तर समिति गठन गरेर अगाडि बढ्छौँ,’ उनले भनिन्।

केन्द्रीय सदस्य छाया सुनारले महिला संघको केन्द्रीय समितिको बैठक नै नबसी एकलौटी ढ‌ंगले आफ्नो गतिविधि अगाडि बढाएको आरोप लगाइन्। महिला संघले विधानअनुसार संस्था चलाउन, केन्द्रीय समितिको बैठक चाँडो राख्न, विधानसम्मत गठन नगरिएका सम्पूर्ण समिति, उपसमिति खारेज गर्न, विधानअनुसार साधारण सदस्य वितरण गर्न माग समेत गरेको छ।

महिला संघको समानान्तर समिति बनाउने तयारीमा जुट्न शेखरको निर्देशन

प्रकाशित: २२ साउन २०८० १३:५५ | Monday, August 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast