महिला संघको समानान्तर समिति बनाउने तयारीमा जुट्न शेखरको निर्देशन

हिमाल प्रेस २२ साउन २०८० ११:२१
96
SHARES
महिला संघको समानान्तर समिति बनाउने तयारीमा जुट्न शेखरको निर्देशन फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको भ्रातृ संस्था नेपाल महिला संघको समानान्तर समिति निर्माणको तयारीमा जुट्न निर्देशन दिएका छन्। कोइरालाले केन्द्रदेखि जिल्ला तहसम्म समानान्तर समिति निर्माणको तयारमा जुट्न महिला नेत्रीहरूलाई निर्देशन दिएका हुन्।

संघकी अध्यक्ष उषा राउत मिश्रले एकलौटी ढंगले विधानविपरीत केही जिल्लामा सभापति हटाएपछि शेखर समूह आक्रोशित भएको छ। विधानविपरीत एकपछि अर्को जिल्ला सभापति हटाउन थालेपछि असन्तुष्ट नेत्रीहरूले कोइरालासँग गुनासो गरेका थिए। त्यसपछि नेतृहरूले सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।

राउतको कार्यशैली नफेरिएपछि आफू निकट महिला संघका नेतृहरूलाई कोइरालाले पार्टीभित्र अराजकता बढ्दै गएकाले समानान्तर समिति चलाउने तयारीमा रहन निर्देशन दिएको एक नेत्रीले जानकारी दिइन्। कोइरालालाई उधृत गर्दै ती नेत्रीले भनिन्, ‘पार्टीभित्र अराजकता बढ्यो। यसरी विधानविपरीत जाने छुट कसैलाई छैन। उस्तै परे केन्द्रदेखि जिल्ला तहसम्म महिला संघको समानान्तर समिति चलाउनेसम्मको तयारी गर्नुहोला।’

देउवाले राउतलाई गत वर्ष साउनमा संघको अध्यक्षमा नियुक्त गरेका थिए। सबैलाई मिलाएर संघ गतिशील बनाउन नसकेको, एउटा गुटको मात्रै नेतृत्व गरेको जस्ता आरोप राउतमाथि लाग्दै आएको छ। पछिल्लोपटक जेठ अन्तिममा  संघमा ५२ सदस्य मनोनीत भएका थिए। त्यसमा पनि कोइराला समूह असन्तुष्ट रहँदै आएको छ।

प्रकाशित: २२ साउन २०८० ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 20 =