नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी

हिमाल प्रेस २९ साउन २०८० १८:२५ | Monday, August 14, 2023
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी

काठमाडौँ– नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका ६ जना कर्मचारी नै सिटिजन्स बैंकमा कार्यरतहरू रहेको प्रहरीले जनाएको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिरमा प्रवेश गरेको आरोपमा काठमाडौँ प्रहरी परिसरले आज सोमबार ६ जना कर्मचारी पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरूमा सिटिजन्स बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्ट रहेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ। यसअघि सीआईबीले ‘अपरेसन फोस्कट्रोट’ नाम दिएर नक्कली डाक्टहरूलाई पक्राउ गरेको थियो।

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ जना कर्मचारी पक्राउ

 

प्रकाशित: २९ साउन २०८० १८:२५ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast