‘घरज्वाईं’मा मिरुना र दयाहाङ

हिमाल प्रेस २८ साउन २०८० १५:४८ | Sunday, August 13, 2023
‘घरज्वाईं’मा मिरुना र दयाहाङ

काठमाडौँ- फिल्म ‘कबड्डी ४’ बाट हिट बनेकाे जोडी हाे कलाकार मिरुना मगर र दयाहाङ राईकाे। पछिल्लो समय उनीहरूलाई दर्शकले पनि निकै रुचाएका छन्। यी दुई अभिनीत फिल्म ‘जारी’ले पनि राम्रै सफलता पायाे।

एकपछि अर्को सफलतासँगै निर्माण टिमले दुवैलाई फिल्ममा जोड्ने कार्य गरिरहेका छन्। त्यस्तै यही भदौ २९ गते प्रदर्शन हुने फिल्म ‘नांगाे गाउँ’मा पनि मिरुना र दयाहाङ पतिपत्नीको भूमिकामा देखिएका छन्।

अनिल बुढामगरको कथा र निर्देशनमा बन्न लागेको फिल्म ‘घर ज्वाईं’मा पनि दयाहाङ र मिरुना मुख्य भूमिकामा देखिने भएका छन्। निर्देशक अनिलसहित बिनोद खतिवडा र सुभाष कोइरालाको लेखन रहने फिल्म जनक घर्तीमगरले निर्माण गर्न लागेका हुन्।

फिल्ममा दयाहाङ र मिरुना मगरसहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वान्देल, राज थापा काउचालगायत कलाकारको अभिनय रहने बताइएको छ। माघबाट सुरु हुने भनिएको फिल्मको छायांकन रुकुममा हुनेछ।

फिल्म जिएम मुभिज प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने जनाइएको छ। अनिलले यसअघि फिल्म ‘लोम्बा’ निर्देशन गरिसकेका छन्। त्यस्तै फलामखानी उत्खनन गर्ने ‘आग्रे’ माथि उनले वृत्तचित्र फिल्म बनाएका छन्।

प्रकाशित: २८ साउन २०८० १५:४८ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast