काठमाडौँ प्रहरी परिसरको प्रमुखमा एसएसपी भूपेन्द्र, अपराध अनुसन्धानमा सोमेन्द्र

हिमाल प्रेस ४ भदौ २०८० १९:०० | Monday, August 21, 2023
काठमाडौँ प्रहरी परिसरको प्रमुखमा एसएसपी भूपेन्द्र, अपराध अनुसन्धानमा सोमेन्द्र

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी भूपेन्द्र खत्रीको सरुवा भएको छ। यसअघिका प्रमुख एसएसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरी खत्रीलाई परिसरमा पठाइएको हो।

त्यस्तै अपराध अनुसन्धान कार्यालयको प्रमुख बनाएर एसएसपी सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ। त्यहाँ कार्यरत एसएसपी मनोज केसीलाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ।

प्रहरी निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ। सरकारले हालैमात्र विभिन्न ठूला भ्रष्टाचारको अनुसन्धान गरिरहेका प्रहरीका एआईजीहरूको पनि सरुवा गरेको थियो।

किन भयो भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका ज्ञवालीसहित पाँच एआईजीको सरुवा?

५ एआईजीको सरुवा (को-कहाँ?)

प्रकाशित: ४ भदौ २०८० १९:०० | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast