एनिमेटेड फिल्म ‘सलीना’ टिजर : राजकुमारी र राक्षसनीको युद्ध

हिमाल प्रेस १४ साउन २०८० १५:५७ | Sunday, July 30, 2023
एनिमेटेड फिल्म ‘सलीना’ टिजर : राजकुमारी र राक्षसनीको युद्ध

काठमाडौँ- नेपाली एनिमेटेड फिल्म ‘सलीना : योद्धा राजकुमारी’को टिजर सार्वजनिक गरिएको छ। एक मिनेट १३ सेकेन्डको टिजरमा राजकुमारी र राक्षसनीको युद्ध देखाइएको छ। राजकुमारीको कथामा आधारित फिल्ममा सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर ग्राफिक कलाकारको रूपमा छन्।

तेजशराज जोशीले निर्देशन गरेको फिल्ममा उनकै कथा र संवाद छ। निर्देशक जोशीसहित कृष्णा राजकर्णीकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिति ज्ञवाली, एज्मे कुँइकेल, झरना राई, सुशील नेपाल, देव न्यौपानेलगायतले फिल्मको स्वरांकन गरेका छन्।

नेपालमा पहिलोपटक एनिमेटेड फिल्म बनेको निर्माण टिमको दाबी छ। फिल्म हिन्दी र अंग्रेजी भाषामा पनि डबिङ गरी प्रदर्शन गरिने निर्माण टिमले बताएकाे छ। फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन।

निर्माण टिमका अनुसार फिल्म यही वर्ष प्रदर्शन गर्ने तयारी छ। फिल्म शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका छन्। निर्देशक जोशी र श्रुति श्रेष्ठ निर्माता रहेको फिल्म रेन मेकर एनिमेसन एकेडेमीको ब्यानरमा बनेको छ।

https://www.youtube.com/watch?v=cfSR_7Rt68g

प्रकाशित: १४ साउन २०८० १५:५७ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast