ट्राफिक प्रहरी बाँकेद्वारा २ करोड ६२ लाख राजस्व संकलन

हिमाल प्रेस ५ साउन २०८० ८:५४
8
SHARES
ट्राफिक प्रहरी बाँकेद्वारा २ करोड ६२ लाख राजस्व संकलन

बाँके– जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष ०७९/८० मा २ करोड ६२ लाख राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार ८ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ।

‘जरिवाना मात्रै गर्दैनौं, चालकबाट नियम उल्लंघन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौं,’ उनले भने।

गत आवमा कार्यालयले ७ सय ७३ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो। कक्षामा ३४ हजारभन्दा बढी सवारीचालक, यात्रु र विद्यार्थी सहभागी भएको प्रहरी निरीक्षक सुनारले बताए।

यस्तै आव ०७९/८० मा जिल्लामा एक सय २४ सवारीसाधन दुर्घटनामा परेका थिए। दुर्घटनामा परी ६० जनाले ज्यान गुमाएका छन्।

दुर्घटनामा १ सय २९ जना घाइते भएका थिए। सडक दुर्घटनामा परी १० पशुचौपायासमेत मरेका प्रहरी निरीक्षक सुनारले जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने २ हजार ८ सय ५५ चालकलाई कारबाही गरेको थियो। उनीहरूबाट २८ लाख ५५ हजार राजस्व संकलन गरिएको थियो।

प्रकाशित: ५ साउन २०८० ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =