कांग्रेस नेता बुढाथोकीको माग : मेरा छोराछोरी र श्रीमतीलाई पनि भ्रातृ संगठनमा राखियोस्

हिमाल प्रेस ३ साउन २०८० १५:५७
46
SHARES
कांग्रेस नेता बुढाथोकीको माग : मेरा छोराछोरी र श्रीमतीलाई पनि भ्रातृ संगठनमा राखियोस्

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टीको भ्रातृ संगठनमा आफ्ना छोराछोरी र श्रीमतीलाई पनि ठाउँ दिन आग्रह गरेका छन्। पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकमा बुधबार सम्बोधन गर्दै उनले पार्टी नेतृत्वसमक्ष यस्तो आग्रह गरेका हुन्।

उनले प्रश्न गरे, ‘भ्रातृ संगठन कोसँग सल्लाह गरेर बनाउनुभएको? भ्रातृ संगठनमा सबैले आफ्ना छोरा, आफ्ना छोरी सबै हालेका रहेछन्। मेरो छोरा पनि हाल्दिनू, महिला संगठन बनाउनुहुन्छ भने मेरी श्रीमती पनि राखिदिनुस्।’

उनले कांग्रेस संगठन गर्ने पारा यस्तै रहेको भन्दै व्यंग्य गरे। बुढाथोकीले भने, ‘यल्लाई राम्रै भन्नुपरो। मैले थाहा पाएसम्म हाम्रा सात जना केन्द्रीय सदस्यका छोराछोरी तरुण तलमा सामेल भएका छन्। सरी, मेरो छोरा यहाँ रहेनछ, नत्र मेरो छोरालाई पनि म हालिदिन्थेँ।’ उनले पार्टीको विधान मिचेर भ्रातृ संगठन गठन हुँदा पनि पार्टीका महामन्त्रीहरूले टुलुटुलु हेरिरहेको आरोप लगाए।

उनले प्रदेश १ को नामकरणमा विवाद हुँदा पनि पार्टी नबोलेको आरोप लगाए । उनले भने, ‘प्रदेश १ मा हाम्रो उपस्थिति भएन।’ बुढाथोकीले प्रदेश १ को नामकरणमा केपी ओलीले गरेको प्रस्ताव नै सदर भएको बताए। उनले भने, ‘केपी ओलीले प्रदेश १ राख्नुभयो। हामी सबै लहैलहैमा लागेर सदर गर्‍यौँ।’

प्रदेश नामकरणको विवादकै कारण कुनै पनि नेता गाउँ जान नसकेको उनको भनाइ छ। उनले प्रश्न गरे, अब हामी के गर्छौँ यस विषयमा? पार्टी बोल्छ यहाँ? महामन्त्रीजी तयाईँको प्रतिवेदनमा यो कुरा छ?’ उनले प्रदेश १ को नामकरणका विषयमा झमेलामा बसिरहने हो भनेर सभापति देउवालाई पनि प्रश्न गरे। उनले पहिचानवादीहरूको मागलाई सम्बोधन नगर्ने हो भने कांग्रेसलाई चुनावमा नजान पनि आग्रह गरे।

उनले यस विषयमा गम्भीर बन्न कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराए।

प्रकाशित: ३ साउन २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast