१८.५ प्रतिशतले बढ्यो डलर सञ्चिति

हिमाल प्रेस २५ असार २०८० १३:४४
6
SHARES
१८.५ प्रतिशतले बढ्यो डलर सञ्चिति

काठमाडौँ- गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा डलर सञ्चिति १८.५ प्रतिशतले बढेको छ।  नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म ११ अर्ब ३० करोड अमेरिकी डलर सञ्चिति छ। गत वर्षको असार मसान्तमा ९ अर्ब ५४ करोड डलर सञ्चिति थियो।

२०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७९/८० को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २५ असार २०८० १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =