काठमाडौँ- मिटरब्याजसम्बन्धी विधेयक पारित गर्न मिटरब्याज पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। आइतबार काठमाडौँको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म उनीहरूले र्यालीसहित धर्ना दिएका हुन्। उनीहरूले सरकार र राजनीतिक दलहरूलाई दबाब दिन नयाँ बानेश्वरस्थित संसद् भवन घेराउकाे कार्यक्रमसमेत राखिएकाे बताएका छन्।
प्रकाशित: २४ असार २०८० १६:२४
प्रतिक्रिया