मिटरब्याज पीडितसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा टोली गठन

हिमाल प्रेस १३ फागुन २०८० १६:३३
14
SHARES
मिटरब्याज पीडितसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा टोली गठन

काठमाडौँ- मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली बनाएको छ। मिटरब्याज पीडितहरू पैदल यात्रामार्फत काठमाडौं आएर प्रदर्शन थालेपछि सरकारले आइतबार नै पीडितलाई वार्ताका लागि आह्वान गरेको थियो।

गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई पत्र पठाएर वार्ताको आह्वान गरेको हो। उसले संघर्ष समितिबाट मिटरब्याजको समस्या समाधानका लागि पैदल यात्रा, प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको पनि बताएको छ।

‘मिटरब्याज समस्या समाधानका लागि मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएकाले छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुनु हुन आदेशानुसार अनुरोध छ,’ गृह मन्त्रालयले समितिलाई पठाएको पत्रमा भनिएको छ।

प्रकाशित: १३ फागुन २०८० १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =