राष्ट्रियसभाको आइतबार बस्ने बैठकको कार्यसूची तय

हिमाल प्रेस २३ असार २०८० १५:१३
2
SHARE
राष्ट्रियसभाको आइतबार बस्ने बैठकको कार्यसूची तय राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस

काठमाडौँ- राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ।

एमालेको अवरोधका कारण स्थगित हुँदै आएको बैठक पुनः आइतबारका लागि तय भएसँगै संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको हो।

बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरुमध्ये मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।

जसअनुसार स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिञ्चाइ, खानेपानी, अर्थ, श्रम तथा रोजगार, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, कृषि, गृह, रक्षालगायतका मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

प्रकाशित: २३ असार २०८० १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =