लम्पी स्किन महामारी नियन्त्रण गर्न सरकार उदासीन : शंकर पोखरेल

हिमाल प्रेस २३ असार २०८० ८:५५
10
SHARES
लम्पी स्किन महामारी नियन्त्रण गर्न सरकार उदासीन : शंकर पोखरेल फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार उदासीन देखिएको आरोप लगाएका छन्।

पशुमा देखिएको यो रोगले महामारीको रूप लिँदासमेत सरकारले यसको नियन्त्रणमा कुनै प्रयास नथालेको भन्दै उनले सरकारको आलोचना गरेका छन्।

पशुको बिमा गर्ने संस्थाहरूले पनि किसानहरूलाई बिमावापत क्षतिपूर्ति रकम दिन नसकेकोप्रति उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

‘लम्पी स्किन नामक रोगवाट देशभरीका पशुपालन गरिरहेका किसानहरू पीडामा छन्। हिमाली जिल्लामा समेत यसको असर फैलिएका समाचार आइरहेका छन्। विमक निकाय महामारी सुरु भएसँगै पशु विमाको जिम्मेवारीबाट पन्छिएका छन्। सरकार लम्पी स्किन रोग नियन्त्रण गर्न र पीडित किसानलाई राहत दिने जिम्मेवारीप्रति उदासीन देखिन्छ,’ उनले समाजिक सञ्जालमा लेखेका छन्।

नेपालमा पशुपालन व्यावसायका रूपमा अघि बढाउने प्रयास भए पनि लम्पी स्किन रोगले गरेको क्षतिले किसानहरू यस पेसाबाट पलायन हुनसक्ने सम्भावना रहेको उनले बताएका छन्।

‘नेपालमा पशुपालनसँग वहुसंख्यक नेपाली किसानहरूको दैनिकी जोडिएको छ। पछिल्लो समय यसलाई व्यावसायका रूपमा अघि बढाउने प्रयास पनि भएको छ। लम्पी स्किन रोगबाट भएको क्षतिका कारणले किसानहरू पशुपालनवाट पलायन हुँदा अर्थतन्त्र र सामाजिक जीवनमा गम्भीर असर पर्दछ भन्ने तथ्यतर्फ सरकार र सरोकारवाला सबै निकाय गम्भीर र जिम्मेवार बन्नु पर्दछ,’ उनले भनेका छन्।

प्रकाशित: २३ असार २०८० ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =