टेस्ट मान्यता प्राप्त आयरल्यान्डलाई नेपालकाे सम्मानजनक लक्ष्य

हिमाल प्रेस १९ असार २०८० १६:४७
12
SHARES
टेस्ट मान्यता प्राप्त आयरल्यान्डलाई नेपालकाे सम्मानजनक लक्ष्य

काठमाडौँ- विश्वकप क्रिकेट २०२३ छनोटअन्तर्गत सातौँ स्थानका लागि भइरहेको खेलमा नेपालले आयरल्यान्डलाई सम्मानजनक लक्ष्य दिएको छ। टेस्ट मान्यता प्राप्त आयरल्यान्डसँग पहिलो पटक भएकाे खेलमा नेपालले जित्नका लागि २६९ रनको लक्ष्य दिएको हो।

जिम्बाबेकाे हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनाएको छ। नेपालका लागि गुल्शन झाले नटआउट ५७ रन बनाए। ४२ बल खेलेका उनले ४ चौका र ३ छक्का हाने। त्यस्तै अर्जुन साउदले ४८ रन बनाए। ओपनर कुशल भुर्तेलसँग ब्याटिङ गर्न आएका अर्जुनले ८४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। भुर्तेल १९ बल खेलेर ८ रन बनाएर आउट भए।

नेपालका लागि कुशल मल्लले ३८ बलमा ५ चौका २ छक्काको मद्दतले ४४ रन बनाए। कप्तान रोहित पौडेलले ३५ बलमा २ चौका र १ छक्काको मद्दतमा २९ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३२ तथा भीम सार्कीले २० रनको योगदान गरे।

प्रकाशित: १९ असार २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =