राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित

हिमाल प्रेस १८ असार २०८० १६:१५
8
SHARES
राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ पारित भएको छ। सोमबार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित भएको हो।

बैठकमा सांसदहरूले आवश्यक्ता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए। केही सांसदले विश्वविद्यालय तत्काल खोल्न आवश्यक नरहेको पनि बताएका थिए।

नेपालमा तत्काललाई थप विश्वविद्यालय खोल्न आवश्यक छैन : सांसद खिमलाल देवकोटा

राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मंगलबार (भोली) १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ।

सोमबार बसेको बैठकमा आगामी आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ।

 

प्रकाशित: १८ असार २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =