यो बजेट गरिबका लागि होइन : सुमना श्रेष्ठ

हिमाल प्रेस १७ असार २०८० १६:३१
6
SHARES
यो बजेट गरिबका लागि होइन : सुमना श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट गरिबका लागि नभएको बताएकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद श्रेष्ठले विद्युतीय चुरोटमा कर नलगाउने सरकारले आधारभूत खाद्यवस्तुमा कर लगाएको भन्दै संशोधनको प्रस्ताव राखेकी हुन्। ‘सिसाकलममा १० प्रतिशत भन्सार छ। धागोमा कर लागेको छ, तरकारीमा लागेको छ’ उनले भनिन्, ‘स्वदेशमै केही उद्यम गर्छु भन्नेलाई यो अर्थ विधेयकले साह्रै अन्याय गरेको छ।’

श्रेष्ठले आधारभूत खाद्यवस्तुमा संसारभर कहीँ पनि मूल्य अभिवृद्धि कर नलाग्ने दाबी गरिन्। तयारी सामान आयात गरेर व्यापार गर्नेलाई छुट दिएर आगामी आवको बजेटले गरिबलाई झन् अप्ठ्यारो पारेको उनले बताइन्। ‘कच्चा पदार्थ ल्याउनेलाई करैकर छ। सरकारको यस्तो नीतिले स्वदेशमा उद्यम फस्टाउँदैन,’ उनले भनिन्।

सांसद श्रेष्ठले पेट्रोलियम पदार्थबाट उठाइएको सडक मर्मत करको विषयमा पनि सरकारको जवाफ मागेकी छन्। उनले भनिन्, ‘सडकको अवस्था हामीले देखेकै छौँ। हरेक दिन सडक मर्मतको रूपमा उठाइएको कर कहाँ खर्च भयो?’

कर आतंक

प्रकाशित: १७ असार २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =