यसकारण हटाइँदैछ चिया बगानका रुखको पहेँलो ‘स्टिकर’

हिमाल प्रेस १६ असार २०८० १८:३४
10
SHARES
यसकारण हटाइँदैछ चिया बगानका रुखको पहेँलो ‘स्टिकर’ फाइल तस्बिर।

झापा- मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो ‘स्टिकर’ हटाउने भएको छ। स्टिकरका कारण मौरीलगायत मित्रुजीव टाँसिएर नष्ट हुन थालेपछि नगरपालिकाले नीति नै बनाएर स्टिकर हटाउने भएको हो।

पालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममा स्टिकर हटाउने उल्लेख गरेको छ। नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायत ठूला र साना गरी करिब एक हजार बिघा जमिनमा आधा दर्जन बढी चिया बगान छन्। चियालाई कीराबाट जोगाउन बगानभित्रका रुखमा पहेँलो स्टिकर टाँस्ने चलन छ। जसका कारण मित्रुजीव नै नष्ट हुन थालेपछि पालिका स्टिकर हटाउन बाध्य भएको हो।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले पहेँलो स्टिकरले अन्य जीवमा पर्ने असरबारे अध्ययन नै नगरी बगान मालिकले जथाभावी प्रयोग गरेको बताइन्। ‘पछिल्लो समय नगरमा तोरी खेती र मौरीपालनमा किसानको आकर्षण बढेको छ,’ उनले भनिन्, ‘तर बगान क्षेत्रमा चर्न आउने मौरीजस्ता मित्रुजीव त्यही स्टिकरमा टाँसिएर मर्छन्।’ नगर क्षेत्रभित्रका चिया किसानसँग तत्काल छलफल गरेर स्टिकर हटाउने तयारी भइरहेको उनले जानकारी दिइन्। रासस

प्रकाशित: १६ असार २०८० १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =