भौतिकमन्त्री ज्वाला पाँचथरको बाढी प्रभावित क्षेत्रमा जाने

हिमाल प्रेस १६ असार २०८० ९:४४
10
SHARES
भौतिकमन्त्री ज्वाला पाँचथरको बाढी प्रभावित क्षेत्रमा जाने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला।

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बाढी-पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन्।

३ असारको अविरल वर्षापछि मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा आएको बाढी पहिरोको स्थलगत भ्रमणका लागि उनी शनिबार प्राविधिक टोलीसहित त्यसतर्फ गएका हुन्।

बाढीले खोलाको पुल बगाएपछि मेची राजमार्ग हाल अवरुद्ध छ। हेवा खोला पुल बगाएको २ दिनभित्र बेलिब्रिज निर्माणको काम थालिए पनि तत्काल सम्पन्न हुन सकेको छैन।

खोलामा डाइभर्सन बनाएर यातयाात सञ्चालन गरिए पनि फेरि बाढी आउँदा डाइभर्सन बगाएको छ।

निर्माणधिन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको स्थलगत निरीक्षणका लागि मन्त्रीसहित सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेललगायत प्राविधिकको टोली त्यसतर्फ गएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =