सुन तस्करीको आरोपमा एक चिनियाँ नागरिक पक्राउ

हिमाल प्रेस ४ साउन २०८० १८:२० | Thursday, July 20, 2023
सुन तस्करीको आरोपमा एक चिनियाँ नागरिक पक्राउ टक्सार महाशाखामा जाेख्नका लागि लगिएकाे सुन।

काठमाडौँ- सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणमा जाेडिएकाे आराेपमा बिहीबार अपराह्न चिनियाँ नागरिक जेयुङ लिनलाई प्रहरीले पक्राउ गरेकाे हाे।

प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार चिनियाँ नागरिक जेयुङ लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन जान लागेका बेला पक्राउ परेका हुन्।

राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ठूलो परिमाणको सुन बरामद गरेको थियो। उक्त सुनको परिमाण नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोखिए पनि विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।

चिनियाँ नागरिकसँगै हालसम्म सुन तस्करी प्रकरणमा सात जना पक्राउ परेका छन्। सुन तस्करीको आरोपमा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल पक्राउ परिसकेका छन्।

प्रकाशित: ४ साउन २०८० १८:२० | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast